बैतडी ४ फागुन । वैतडीको डिलासैनी गाउपालिकाको पन्सेरा गाउमा राखेको नेपाली काँग्रेसको विरोध सभामा नेकपा कार्यकर्ताले ढुङगामुढा प्रहारवाट कांग्रेसका १० जना घाइृते भएको नेपाली कागं्रेस वैतडीले विज्ञप्ती मार्फत जनाएको छ ।
शान्तपुर्णरुपमा कार्यक्रम गरि रहेको नेपाली काग्रेंसको सभा विथोल्नका लागि आएका स्थानिय ओलि पक्षका कार्यकर्ताले ढुगांमुडा प्रहार गरेको कागं्रेस वैतडीले जनाएको छ ।
मंगलबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैतडीद्धारा आयोजित विरोध सभामा नेकपाका ओलिपक्षका कार्यकर्ता नाराबाजी गर्दै ढुङगामुढा प्रहार गरे पछि कांग्रेसको सभापनि केहि समयका लागि विथोलिएको थियो ।
जिल्लाको डिलासैनी गाउँपालिका–३ पन्न्सेरामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउँदको प्रमुख आथित्यतामा नेपाली काँग्रेस बैतडीले संसद विघटन विरुद्ध विरोध सभा आयोजना गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा नेविसघंका पुर्व केन्द्रिय अध्यक्ष नैनसिहं महर, महिला सघंका पुर्व अध्यक्ष तथा नेका केन्द्रीय सदश्य डिला संग्रौला लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।
विरोध सभा हुन नपाउदै कार्यक्रम स्थलमा नारावाजी सहित नेकपा ओलि समुहका केन्द्रीय सदश्य तथा वैतडीका जिल्ला सभापती सुरेन्द् पालले सुनियोजित तरिकाले ढुगांमुडा गर्न लगाएको कांग्रेसका स्थानिय नेताहरुको आरोप छ ।
एक्कासी नाराजुलुस सहित कार्यक्रम स्थलमा पुगेका नेकपाका कार्यकर्ताले ढुङगामुढा प्रहार गर्दा काग्रेंसका १० जना नेताहरु घाईते भएका छन् । केन्द्रिय सदश्य एनपी साउद सहित , नेपाल विधार्थी सघंका पुर्व केन्द्रिय सदस्य सुमन केसी, शंकरदेव क्याम्पस ईकाइ समिती सचिव मदनराज उपाध्याय उनिहरुले प्रहार गरेको ढुगां वाट घाईते भएका छन । साथै स्थानिय शैल्य शिखर नगरपालिकाका तरुणदल नगर सभापती शुरेस सिंह विष्ट सहित १० जना ढुगांप्रहार वाट घाईते भएका नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैतडीका पार्टी सभापती नरेन्द्र सिंह थापाले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
‘हामीले शान्ति पूर्वक कार्यक्रम गरिरहेका थियौ ।’ थापाले भने ‘ओली पक्षधर शुरेन्द्र पालका कार्यकर्ताले गुण्डागर्दी, तानाशाहा शैलीमा कार्यक्रम स्थलमा ढुङगामुढा प्रहार गरेका हुन् ।’ नेकपा ओली समुहका बैतडी जिल्ला अध्यक्ष पालले कार्यक्रममा ढुङगामुढा प्रहार गर्न लगाएको नेपाल तरुण दलका नेता सुरेश सिंह विष्टले आरोप छ ।
‘नेकपा कार्यकर्ताले आक्रमण गरेको भन्ने खबर पाएको छु ।’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण अधिकारीले भने ‘उक्त घटनामा परि नेपाली काँग्रेसका नेता एनपी साउँद, शंकरदेव क्याम्पसका नेविसंघका पूर्व अध्यक्ष मदन उपाध्याय, नेविसंघका पूर्व केन्द्रिय सदस्य सुमन केसी , स्थानिय तरुण दलका नगरसभापती स्रेश विष्ट सहित ६ जना वढि घाइते भएका छन् ।’ उनले भने ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ नेकपा कार्यकर्ताले केही गाडी समेत तोडफोड गरेको छन् ।
नेपाली काँग्रेस केन्द्रिय सदस्य एनपी साउँदले प्रधानमन्त्री कै पार्टी नेकपाका कार्यकर्ताले नै शान्ति पूर्वक सञ्चालन भइरहेको कार्यक्रममा ढुङगामुढा प्रहार गरेको भन्दै घोर भत्सना गरेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै साउँदले भने ‘प्रजातन्त्रमा सबैले बोल्न पाउनु पर्छ । तर केपी ओली र उनका कार्यकर्ताले जनताको बोल्न पाउने स्वतन्त्रताको हनन गरेका छन् ।’ उनले अगाडी भने ‘तर नेपाली काँग्रेस नेकपाले जनताको बोली बन्द गर्न यस्ता ढुङगामुढा गर्दैमा बोन्न डराउने छैन ।’
साथै नेविसघंका पुर्व केन्द्रिय अध्यक्ष नैनसिह महरले उक्त कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा ओलि डगमगाए, अव शान्तपूर्ण रुपमा कार्यक्रम गरि रहेका नेतालाई समेत ढुगांमुडाले तर्साउन खोज्दैछन । यो उनको खराव दिनको सुरुवात हो ।
साथै कार्यक्रका लागि डिलाशैनि पुगेकी केन्द्रिय सदश्य डिला संग्रौलाले भनिन, जनताका पक्षमा रहेको कांग्रेस शान्तपु्र्ण रुपमा जनताका विचमा पुगेका वेला सर्वसधारणलाई हतोत्साहित गर्न केपीओलि विभिन्न हत्कण्डा गरि रहेको वताईन ।
सो घट्नाको विषयलाई लिएर नेपाली कांग्रेस बैतडी , केन्द्रीय समिती, नेविसघं कञ्चनपुर, डडेल्धुरा लगाएत जिल्ला वाट प्रेस विज्ञप्ती जारि गरि घट्नोको घोरभत्र्सना गरेका छन् । साथै यस किसमका दानविय घट्ना जनतामा लोकपिर्य रहेको कांग्रेसलाई तरास्न नभई सर्वसधारणलाई आक्रान्त पार्नका लागि भएको कांग्रेसको ठहर रहेको भन्दै यस किसमका गतिविधी रोक्न नेकपालाई चेतावनी समेत दिएको छ ।
तर, उता नेकपाका नेताले भने सो घट्नाका विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन ।