धनगढी, फाल्गुन ४/ बैतडीको डिलाशैनीमा झडपपछि कांग्रेसको सभा पुन: सुरु भएको छ । डिलासैनी गाउपालिका – ३ पनसेरामा दुई पक्षबिच झडप हुदा सभा बिथोलिएको थियो ।
पनसेरामा नेपाली काँग्रेसको आमसभामा नेकपाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गर्दा झडप सिर्जना भएको नेपाली कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमिति सचिव बिरबहादुर बिष्टले बताएका छन् ।
कांग्रेसले आमसभा आयोजना गरेको स्थानमा अहिले सुरक्षाकर्मीको टोली पुगेको छ । टोलीले सभा पुन: सुरु भएको जानकारी दिएको छ ।

कार्यक्रमस्थलमा ओली समूहका कार्यकर्ताहरुले आक्रमण गरेका हुन् । दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परि ६ जना घाइते भएका छन्।

अहिले बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

