टेक सिँह धामी/ काठमाडौं, माघ २८/ प्रचन्ड नेपाल समुहले काठमाडौंमा आज गरिराखेको प्रदर्शन र बिरोध सभामा सुदुरपश्चिमका एक नेताको पर्स हराएको छ।
कार्यक्रम सन्चालक लिलामणि पोखरेलले सुचना सुनाउदै भने “सुदुरपश्चिम प्रदेश, बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ९ ठेगाना भएका सुदुरपश्चिम प्रदेश कमिटिका सदस्य शंकर सिंह भन्डारीको पर्स हराएकोले महत्वपूर्ण कागजात समेत रहेको उक्त पर्स मन्चमा बुझाउनुहोला।”
पर्स मन्चको दायाँ तर्फ हराएको र उक्त पर्स बुझाउने लाइ उचित पुरस्कारको समेत व्यवस्था गरिएको समेत सन्चालक पोखरेलले बताए।
आज प्रचण्ड-नेपाल पक्षले काठमाडौंमा प्रदर्शन गरिराखेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरोधमा प्रदर्शन गरेको हो।
