धनगढी, २२ पुस/ कैलालीको गोदावरी नगरपालिकामा बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना कैलालीको अनुशिक्षण कार्यक्रम भएको छ ।
बिद्यालय स्वच्छता प्रबर्द्धनको कार्यक्रम अन्तर्गत नगरपालिकाका सरोकारवाला संग अनुशिक्षण गरेको हो । जिआइजेटको आर्थिक सहयोगमा संचालित उक्त कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख हरिसिँह साउद, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख बैकुण्ठ सुबेदी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा कोभिड १९ पस्चात बिद्यालय संचालनमा अपनाउनु पर्ने सतर्कताका विषयमा समेत छलफल भएको थियो ।
साथै कार्यक्रममा दातृ सस्थाका महेश प्रसाद जोशीले समेत छलफलमा सहभागी भएको कार्यक्रम संयोजक राम बानियाले जानकारी दिए ।
