बैतडी, पुष १४/ टेक सिँह धामी/ नेकपा बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुवरले केपि शर्मा ओलीको अहङ्कारले गर्दा देश संकटमा परेको बताएका छन्।
मंगलबार नेकपा प्रचन्ड माधब समुहले बैतडीमा आयोजना गरेको बिरोध सभामा बोल्दै उनले ओलीले जनताको दुइ तिहाइको मत पाएको सरकार सन्चालनमा भएका समस्या र कार्यसम्पादनमा आएका समस्यालाइ पार्टी भित्रै छलफल बहस गरि पार्टीको बिधी बिधानलाइ टेकेर समाधान गर्नुको साटो पार्टीको आन्तरिक समस्या समग्र मुलुक र संसदमाथी कुठाराघात गरेको आरोप लगाए।
‘ओलीले संविधानलाइ अबमुल्यन गरेर, जनताको मतलाइ वेवास्ता गर्दै संसद बिघटन गरेको र यो अलोकतान्त्रिक कदमका विरुद्ध हाम्रो आन्दोलन होु उनले भने। सर्बोच्च अदालतले न्याय गर्नेछ भन्नेमा आशावादी छौ’ उनले भने। ओलीको अहङ्कारले देश दुर्घटनातर्फ गएको उनको बुझाइ रहेको छ।
बैतडी सदरमुकाममा आयोजना गरिएको र्यालीपछि गोठलापानीमा कोणसभा गरिएको थियो।