धनगढी १ कार्तिक/ शनिबार कैलालीको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ । उक्त दृष्यले एउटा जनप्रतिनिधीले सार्वजनिक कार्यक्रममा कति सम्मको हर्कत गर्न सक्छन् भन्ने चरितार्थ गरेको छ । त्यो भिडियो हो कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन हस्तान्तरण कार्यक्रममा ।
भिडियोको सुरुवातमा मेयर ममताप्रसाद चौधरीले शिलालेखबाट रातोपर्दा हटाउदै भवन उद्घाटन गर्ने तयारी गर्छन् । मेयर चौधरीले शिलालेखबाट रातोपर्दा हटाउदै गर्दा त्यही समयमा उपमेयर प्रेम कुमारी थापा नजिकै आउँछिन् र शिलालेखमा लगातार ढुङ्गा प्रहार गर्छछिन् ।
एकाएक उपमेयरले शिलालेखमा ढुङ्गा प्रहार गर्दा सबैको ध्यान उतैतिर केन्द्रीत हुन्छ । मेयरले उप मेयरको हात समातेर यस्तो नगर्न आग्रह गर्छन् तर उपमेयर झनझन आक्रोसित हुन्छीन् । त्यहि बेला उप मेयर थापा उक्त शिलालेखमा थुक्छीन् ।
उनी आफ्नो मर्यादा कसले राख्ने भन्दै मुर्दावादको नारा लगाउन थाल्छीन् । मेयर मर्यादामा बस्न आग्रह गर्छन् तर उपमेयर झनझन आक्रोसित हुदै प्रस्तुत हुन्छीन् । उप मेयरलाई पछाडीबाट केही व्यक्तिहरुले अराजक गतिविधी गर्न सहयोग गरेको देखिन्छ । उपमेयरलाई शान्त हुन सुरक्षाकर्मीले पनि आग्रह गर्छन् तर उनको आग्रहलाई मान्ने पक्षमा देखिदैनन् ।
उप मेयर थापाले भवनको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै बबन्डर मचाएकि हुन् । शिलालेखमा मेयरको नाम समाबेश भएको तर आफ्नो नाम समाबेश नभएको भन्दै सिलालेखमा ढुङ्गा प्रहार गरेकी हुन् ।
उप–मेयर थापाले आज तीन वडा कार्यालयहरुको भवन उद्घाटन गरेको र कुनैपनि वडा कार्यालयको शिलालेखमा आफ्नो नाम नराखेको कारण विरोध जनाएको बताइन् । उनले भनिन्–‘शिलालेखमा मेयर र वडा अध्यक्षदेखी वडा सदस्यसम्मको नाम राखीएको छ तर आफु महिला भएकै कारण नाम राखेनन्, आफुलाई नराम्रो लाग्यो त्यसैले विरोध गरेको हु ।’
मेयरले आफ्नो इतिहास मेटाउन खोजेको र एकलौटी ढंगबाट काम गर्न खोजको उनले आरोप लगाइन् ।
यता मेयर ममताप्रसाद चौधरीले शिलालेखमा उपमेयरको नाम राख्न नमिल्ने भएको कारण नराखीएको बताए । उनले भने–‘शिलालेखमा उद्घाट गर्नेको मात्रै नाम हुन्छ, जसले उद्घाटन गर्यो त्यसकै नाम हुने हो, वडाको सवालमा वडा समितीको निणर्य हुन्छ ।’