नेत्रराज शाही
रास्कोट उपर्गाउँ घर हो, नाउँ नेत्र राज हो ।
अषाढका तेह्र १३ गते, जन्म दिन् आज हो ।
राजनीति कृषि र ठेक्का,मेरो काम् काज हो ।
सम्पत्ति सन्तुष्टि मात्रै, चाहिने समाज हो ।
लाइक र कमेन्ट हेप्पीबड्डे, को कस्ले पठाउँ छ ।
मेरो माया कस्को मनमा, खै कति अटाउँ छ ।
को,को दन्त हँसाउँदो छ, को आँसु चटाउँ छ ।
आफ्ना र पराया को हुन् , आज् रिजल्ट आउँछ ।
कुकरले मासु सक्यो ,बिल्लाले दही सक्यो ।
जिन्दगीको ८०असी प्रसेण्ट, उमेरले भैसक्यो ।
बुढेसकाल्ले छोई सक्यो,जवानी गैसक्यो ।
हाँस्ने खेल्ने मन्को रही,मन् भित्रै रह्सिक्यो ।