धनगढी, १८ कार्तिक/बझाङको केदारस्युँ गाउँपालिका–७, भानचौरस्थित भित्री सडक खण्डमा जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।दुर्घटनामा परी मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७, काँडाचौरका ४० वर्षीय गोपाल धामी र २७ वर्षीया पविता धामी रहेका छन् ।
सु।प।प्र।०१–००१ च ४३७६ नम्बरको जीप बुधबार बिहान ब्रेक फेल भई सडकबाट अन्दाजी १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ बस्ने ४५ वर्षीय प्रमबहादुर धामी, सोहीका ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, २२ वर्षीया रेखा धामी, दुर्गाथली गाउँपालिका–६ बस्ने ४२ वर्षीया शारदा धामी जाग्री र ४२ वर्षीय रामकुमार धामी घाइते छन् । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको प्रहरीले जनाएको छ ।