नेपाली क्रिकेटको महाकूम्भ नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि सुरू हुँदैछ। कीर्तिपुर मैदानमा आज अपराह्न साढे ४ बजे तेस्रो संस्करणको एनपिएलको उद्घाटन खेल हुनेछ। उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
रोहितकुमार पौडेलको कप्तानीमा रहने लुम्बिनी र दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहने सुदूरपश्चिमको भिडन्तले अघिल्लो संस्करणको फाइनल खेलको झल्को दिनेछ।
दोस्रो संस्करणको फाइनलमा यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो।
लुम्बिनी गत सिजनको विजेतका हिसाबले सुखद सुरूवात गर्ने लक्ष्यमा रहनेछ भने अघिल्लो हारको बदला लिने दाउमा सुदूरपश्चिम रहनेछ।