धनगढी, ६ असोज / सुदूरपश्चिम प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकमा सामाजिक विकास मन्त्रालयको सचिवमा संगीता ओझा र भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा पदमराज देवकोटालाई जिम्मेवारी दिने निर्णय भएको छ ।
संघीय सरकारले दुवै सचिवलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरेको थियो। प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले ओझालाई सामाजिक विकास मन्त्रालय र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।