दार्चुला, ४ असोज / खर काट्ने क्रममा भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ ।
दुहुँ गाउँपालिका–२ हेकातीका ४० वर्षीया सरस्वती जोशीको भिरबाट लडेर घट्नास्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव निरीक्षक केशव शर्माले जानकारी दिए ।
आइतबार विहान करिव १० बजेतिर घरभन्दा २ किलोमिटर दूरीमा रहेको खर फागालामा खर काट्नेक्रममा भिरबाट लडेर जोशीको मृत्यु भएको शर्माले बताए । मृतक जोशी दुहुँस्थित गौरीलमाडौँ माध्यमिक विद्यालयमा बाल विकास सहजकर्ताका रुपमा कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।
स्थानीय प्रेमराज जोशीका अनुसार अल्मोल्या भिरमा खर काट्ने क्रममा लडेर उनको मृत्यु भएको छ । प्रहरी नायव निरीक्षक शर्माका अनुसार अहिले जोशीको शव पोष्टमार्टमका लागि घट्नास्थलबाट जिल्ला अस्पताल दार्चुला ल्याइएको छ ।