• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
मङ्गलबार, भदौ ०९, २०८३
मङ्गलबार, भदौ ०९, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. सभामुख भण्डारीले अप्रत्यक्ष रुपमा मुख्यमन्त्री भट्टलाई सहयोग गर्न देउवालाई पदमुक्त गरे ; के भन्छन् निवर्तमान मुख्यमन्त्री शाह ?

  • २. पुजा धानुक मृत्यु प्रकरण : श्रीमान र नन्द जेल चलान, ३ जना धरौटीमा छुटे

  • ३. एम्बुलेन्सको ‘ठेक्का शैली’माथि प्रश्न उठेपछि मन्त्रालयको कडाइ, अनुमति लिन सबै सञ्चालकलाई निर्देशन

  • ४. अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ

  • ५. अत्तरियामा बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु

  • ६. अलौकिक प्रसिद्ध देवी बडीमालिकाको परिचय तथा पदयात्रा स्मरण

  • ७. खप्तड यातायातद्वारा ५ वटा ‘आसन एक्सप्रेस’ एसी बस सञ्चालनमा

  • ८. सुदूरपश्चिममा बालमैत्री व्यवसाय र बालश्रममुक्त समाज निर्माणमा निजी क्षेत्रको सामूहिक प्रतिबद्धता

  • ९. गरिमा चौधरीको न्याय माग्दै धनगढीमा विद्यार्थीको प्रदर्शन

  • १०. सुदूरपश्चिम मुख्यमन्त्री भट्टले विश्वासको मत पाए

अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ

धनगढी, ९ भदौ  / कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा शारीरिक तथा मानसिक रूपमा अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकविरुद्ध प्रहरीमा जाहेरी परेको छ।

इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियामा दिएको जाहेरीअनुसार गोदावरी नगरपालिका–९ धनचौरीका करिब २५ वर्षीय कृष्णराज भट्टराईविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा कारबाहीको माग गरिएको हो।

जाहेरीअनुसार घटना भदौ ९ गते बिहान करिब ११ बजे भएको हो। जाहेरीवालाका अनुसार घरका सदस्यहरू भूमि सम्बन्धी समस्या समाधान आयोगको जग्गा नापजाँच भइरहेको स्थानमा गएको समयमा  ३० वर्षीया मानसिक समस्या भएकी युवती घरमा एक्लै छाडिएकी थिइन्। युवती जन्मदेखि नै शारीरिक तथा मानसिक रूपमा अपाङ्ग रहेको  समेत जाहेरीमा उल्लेख छ।

घर फर्किएर आउँदा युवती रोइरहेको आवाज सुनेपछि कोठाभित्र प्रवेश गर्दा भट्टराईलाई युवतीमाथि करणी गरिरहेको अवस्थामा भेटेको जाहेरीमा दाबी गरिएको छ।

जाहेरीअनुसार घटनास्थलमा पुगेपछि युवतीकी भाउजुले भट्टराईलाई रोक्न खोज्दा उनले आफ्नो हात समाती भुइँमा लडाएको र आफूले लगाएको कुर्तासमेत च्यातेको आरोप लगाएकी छन्। त्यसपछि भट्टराई घटनास्थलबाट फरार भएको जाहेरीमा उल्लेख छ।

पीडितको स्वास्थ्य परीक्षण गराउन, घटनाबारे गाउँ सर्जमिन गरी प्रमाण संकलन गर्न तथा  कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउन पिडित परिवारले अनुरोध गरेका छन्।

यता इलाका प्रहरी कार्यालय मालाखेतीले मौखिक जानकारी पाउँदा नै भट्टराईलाई पक्राउ गरी सकेको छ,  भने थप  अनुसन्धान मुद्दा दर्ता भए पछि गर्ने तयारी रहेको छ।

पिडितले अहिले मुद्दा दर्ता गरि सकेका छन्। पिडित परिवारले कुनै पनि राजनीतिक चलखेल बिना आफुहरुले न्याय पाउनु पर्ने माग गरेका समेत गरेका छन्।

 

 

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिम गाईजात्रा सिजन–२ मा बेहडाबाबा मन्दिर व्यवस्थापन समिति प्रवर्धकका रूपमा रहने 
बालअधिकारका कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याउन प्रदेश सरकारसँग माग
तीनवटै सरकारको सहकार्य भएपछि मात्रै नागरिकले संघीयताको अनुभूति गर्न पाउँछन् : मुख्यमन्त्री भट्ट

Recent Posts

  • सुदूरपश्चिम गाईजात्रा सिजन–२ मा बेहडाबाबा मन्दिर व्यवस्थापन समिति प्रवर्धकका रूपमा रहने 
  • अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ
  • बालअधिकारका कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याउन प्रदेश सरकारसँग माग
  • तीनवटै सरकारको सहकार्य भएपछि मात्रै नागरिकले संघीयताको अनुभूति गर्न पाउँछन् : मुख्यमन्त्री भट्ट
  • सशस्त्र प्रहरीका आईजीपी पौडेलले गौरीफन्टा नाकाको निरीक्षण गरे

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.