• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

स्वीकारेन गेटा आँखा अस्पताल प्रशासनले आफ्नो कमजोरी, उल्टै कर्मचारीहरुलाई विभिन्न आरोप लगायो 

धनगढी, २३ जेठ / गेटा आँखा अस्पताल प्रशासनले तालाबन्दी र कर्मचारी आन्दोलनबारे सार्वजनिक गरेको स्पष्टीकरणमा आफ्नो व्यवस्थापकीय कमजोरी स्वीकार नगरी सम्पूर्ण दोष कर्मचारीमाथि थोपर्ने प्रयास गरेको छ । अस्पतालले जारी गरेको स्पष्टीकरणमा संस्थाको इतिहास, सेवा विस्तार, बिरामी संख्या र उपलब्धिको लामो विवरण प्रस्तुत गरेको छ। तर कर्मचारी आन्दोलनको मुख्य कारण बनेका सेवा–सुविधा, महँगी भत्ता, कर्मचारी व्यवस्थापन तथा श्रमसम्बन्धी असन्तुष्टिबारे प्रशासनले आफ्नो जिम्मेवारी र कमजोरी स्वीकार गरेको देखिँदैन।

सञ्चार माध्यमहरूलाई समेत एकतर्फी सूचना सम्प्रेषण गरेको आरोप लगाएको छ।

प्रशासनले महँगी भत्ता नपाएको विषयलाई लिएर कर्मचारीहरूले तालाबन्दी गरेको उल्लेख गरे पनि उक्त भत्ता किन समयमै उपलब्ध गराइएन भन्ने विषयमा स्पष्ट जवाफ दिएको छैन। उल्टै आन्दोलनमा उत्रिएका कर्मचारीलाई ‘अमर्यादित’, ‘धम्कीपूर्ण’ र ‘अभद्र व्यवहार गर्ने’ रूपमा चित्रण गरिएको छ।

रोचक कुरा के छ भने कर्मचारी आन्दोलनपछि प्रशासनले आर्थिक वर्ष २०८२/८३ को महँगी भत्ता यही महिनादेखि उपलब्ध गराउने निर्णय गरिसकेको जनाएको छ। यसले कर्मचारीहरूले उठाएको माग उचित रहेको संकेत गर्ने भए पनि प्रशासनले त्यसलाई आफ्नो कमजोरीका रूपमा स्वीकार गरेको छैन।

अस्पताल प्रशासनले तालाबन्दीलाई अनुशासनहीन गतिविधिका रूपमा चित्रण गरेको छ। तर कर्मचारीहरू आन्दोलनमा जानुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा मौन देखिएको छ। लामो समयदेखि उठाइँदै आएका माग समयमै सम्बोधन भएको भए विवादको अवस्था नै नआउने कर्मचारीहरूको तर्क छ।

स्पष्टीकरणमा प्रशासनले संस्थामा कुनै अनियमितता नभएको दाबी गरेको छ। तर कर्मचारीहरूले उठाएका सवाल, असन्तुष्टि र व्यवस्थापनप्रतिको अविश्वासको कारणबारे कुनै आत्मसमीक्षा गरिएको देखिँदैन। बरु सम्पूर्ण विवादलाई केही कर्मचारीको व्यवहारसँग जोडेर प्रस्तुत गरिएको छ।

कर्मचारीहरुले संस्थागत समस्या र व्यवस्थापकीय कमजोरीलाई ढाकछोप गर्न आन्दोलनरत कर्मचारीलाई दोषी देखाउने प्रयास भइरहेको बताएका छन् । उनीहरू भन्छन्, “यदि सबै प्रक्रिया पारदर्शी र प्रभावकारी थिए भने कर्मचारीहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था किन आयो ?”

गेटा आँखा अस्पताल सुदूरपश्चिमको प्रतिष्ठित स्वास्थ्य संस्था भए पनि पछिल्लो विवादले व्यवस्थापन र कर्मचारीबीचको सम्बन्धमा गम्भीर प्रश्न खडा गरेको छ।  यसबीच अस्पताल प्रशासनले भने आफ्ना सबै काम नियमावलीअनुसार पारदर्शी रूपमा भइरहेको दाबी दोहोर्याएको छ।

यता स्थानीयहरूले समेत वृहत भेला बोलाई स्थानीय संघर्ष समिति गठन गरिसकेका छन्। ३ दिनसम्म ६ बुँदे माग पूरा नगरे थप कदम चालिने चेतावनी समेत दिएका छन्।

यस्तो छ अस्तापतालको स्पष्टीकरण :-

यस अगाडि सम्प्रेषण भएका सामग्रीहरू:-

गेटा आँखा अस्पतालको बेथिति विरुद्ध एकबद्ध भए स्थानीय, संघर्ष समिति गठन गरे

शनिबार, जेठ २३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.