• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सन्ध्याकालीन धनगढी उत्सवको तयारी अन्तिम चरणमा, भोलि उद्घाटन हुँदै (भिडियो) 

धनगढी, २० जेठ  / स्थानीय कला, संस्कृति र प्रतिभालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको सन्ध्याकालिन धनगढी उत्सव-२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ। धनगढी उपमहानगरपालिकाको कार्यालय र राष्ट्र बैंक चोकबीचको क्षेत्रमा सञ्चालन हुने उत्सवको भोलि (जेठ २१ गते) औपचारिक उद्घाटन गरिने भएको छ।

२० दिनसम्म सञ्चालन हुने सन्ध्याकालीन उत्सव असार ११ गतेसम्म जारी रहनेछ। गर्मीयामलाई ध्यानमा राख्दै उत्सव दैनिक साँझ ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ।

उत्सवबारे जानकारी दिदै संयोजक गुणाकर पनेरुले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र उद्घाटनको पूर्वसन्ध्यामा आवश्यक व्यवस्थापन कार्य तीव्र रूपमा भइरहेको बताए।

आयोजक प्रभात मिडिया एण्ड इभेन्ट प्रालिका अध्यक्ष प्रकाश छेडालका अनुसार उत्सवलाई सानो तर प्रभावकारी स्वरूपमा सञ्चालन गरिँदैछ। विशेषगरी स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको उनले बताए।

उत्सवमा करिब ३० वटा स्टल रहनेछन् भने दर्शकको मनोरञ्जनका लागि रमाइलो मेलाको समेत व्यवस्था गरिएको छ। उत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

विद्यार्थीका लागि २० रुपैयाँ र सर्वसाधारणका लागि ३० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ।

उत्सव व्यवस्थापनको जिम्मेवारी लिएको रुक्मणी टेन्ट हाउसका सञ्चालक सुरेश शाहले अधिकांश भौतिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको र उत्सवलाई व्यवस्थित तथा आकर्षक बनाउन अन्तिम काम भइरहेको जानकारी दिए।

आयोजकका अनुसार धनगढी उत्सव–२०८३ ले स्थानीय भाषा, कला, संस्कृति र सिर्जनशील प्रतिभाको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै धनगढीका दर्शकलाई २० दिनसम्म मनोरञ्जन र सांस्कृतिक अनुभूति प्रदान गर्ने अपेक्षा गरिएको छ।

भिडियो :-

https://www.facebook.com/reel/1520671366072258

बुधबार, जेठ २०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.