• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दोस्रो दिनमै तातेको पुनर्वास महोत्सव: हजारौं दर्शकको उपस्थितिमा चर्चित कलाकारहरूको बेजोड प्रस्तुती

कञ्चनपुर, २७ फागुन / “हाम्रो पुनर्वास, राम्रो पुनर्वास” भन्ने मूल नारासहित कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजना गरिएको पुनर्वास महोत्सव २०८२ सभ्य र भव्य रूपमा सुरु भएको छ। स्थानीय पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा व्यापारिक गतिविधि विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले सुरुदेखि नै दर्शकहरूको उल्लेखनीय सहभागिता प्राप्त गरेको छ।

महोत्सवको दोस्रो दिन हजारौं दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको आयोजकले जनाएको छ। महोत्सव स्थलमा आयोजित सांगीतिक कार्यक्रम, व्यापारिक स्टल, सांस्कृतिक झाँकी तथा मनोरञ्जनात्मक गतिविधिहरूले वातावरणलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको छ।

दोस्रो दिनको कार्यक्रम विशेष गरी सांगीतिक प्रस्तुतीका कारण थप आकर्षणको केन्द्र बनेको थियो। लोकप्रिय गायक टेक बि.सि. र कृष्ण बि.क.ले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा दर्शकहरू नाचगान गर्दै रमाएका थिए। कलाकारहरूको जोशिलो प्रस्तुती र दर्शकहरूको उत्साहले महोत्सव स्थल साँच्चिकै सांगीतिक माहोलले भरिएको देखिन्थ्यो।स साना

महोत्सवको मुख्य उद्देश्य स्थानीय पर्यटन प्रवर्द्धन, थारू समुदायलगायत विभिन्न जातजातिको संस्कृति संरक्षण तथा स्थानीय उत्पादनको बजार विस्तार गर्नु रहेको आयोजकले जनाएको छ। महोत्सव परिसरमा थारू समुदायको मौलिक संस्कृतिलाई झल्काउने थारू होमस्टे अवधारणा, विभिन्न व्यापारिक स्टल, स्थानीय परिकार, हस्तकला तथा कृषि उत्पादनको प्रदर्शनी राखिएको छ। साथै, बालबालिकादेखि वयस्कसम्मलाई मनोरञ्जन दिने विभिन्न खेलकुद तथा रमाइलो मेला पनि सञ्चालन गरिएको छ।

पुनर्वास उद्योग वाणिज्य संघका कोषाध्यक्ष देवी भट्टका अनुसार महोत्सवको दोस्रो दिन मात्रै करिब डेढ हजारभन्दा बढी दर्शकहरूले अवलोकन गरेका छन्। आगामी दिनहरूमा चर्चित कलाकारहरूको प्रस्तुती हुने भएकाले अझ बढी दर्शकहरूको सहभागिता रहने अनुमान गरिएको उनले बताए।

उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझीले महोत्सव स्थलमा दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको बताउँदै महोत्सव अवधिभर करिब एक लाख पचास हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको जानकारी दिए। उनका अनुसार यस महोत्सवले स्थानीय व्यवसायी, किसान तथा उद्यमीहरूलाई आफ्ना उत्पादन प्रचारप्रसार गर्न महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

महोत्सवको तेस्रो दिन पनि विविध सांगीतिक कार्यक्रमहरू मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ। भोलि हुने कार्यक्रममा चर्चित कलाकार लालबहादुर धामी (अछामी बड्डो), चर्चित गायिका सोनु कुश्मी, लक्ष्मी राना, मोडल तथा नृत्यतर्फ अनु खड्का लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहनेछ।

महोत्सव अवधिभर सांस्कृतिक झाँकी, व्यापारिक स्टल, स्थानीय उत्पादनको प्रदर्शनी, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा सांगीतिक प्रस्तुतीहरू निरन्तर सञ्चालन हुनेछन्। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै क्षेत्रीय पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकको विश्वास छ।

पुनर्वास क्षेत्रको पर्यटन, संस्कृति र व्यापारलाई राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्यका साथ आयोजना गरिएको पुनर्वास महोत्सव २०८२ लाई सफल बनाउन स्थानीयवासी, व्यवसायी तथा विभिन्न संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको छ। आयोजकले महोत्सव अवलोकन गर्न सम्पूर्ण दर्शक तथा पर्यटकलाई आमन्त्रण समेत गरेको छ।

बुधबार, फागुन २७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.