• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडी सिगासका लोकस्रष्टा टेकराज अवस्थी राष्ट्रिय सम्मानद्वारा अभिनन्दित

बैतडी, १२ माघ /  बैतडी जिल्लाको सिगास गाउँपालिका–९ गन्सुर (कोल्धार) मा जन्मिएका वरिष्ठ लोकगायक तथा संगीतकार टेकराज अवस्थी राष्ट्रिय स्तरमा सम्मानित भएका छन्।

लामो समयदेखि नेपाली लोक, डेउडा, भजन तथा आधुनिक गीत-संगीत क्षेत्रमा निस्वार्थ र निरन्तर योगदान पुर्‍याउँदै आएका अवस्थीलाई सांस्कृतिक समाज नेपालले हालै आयोजित डेउडा उत्सव समारोह मा अभिनन्दन ताम्रपत्र प्रदान गरी सम्मान गरेको हो। समारोह पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेंद्रबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

वि.सं. २०३० जेठ २६ गते भानुदेव अवस्थी र दानमतीदेवी अवस्थीको कोखबाट जन्मिएका अवस्थीले विद्यार्थी जीवनदेखि नै गीतसंगीतमा गहिरो रुचि राख्दै विद्यालयस्तरबाटै मादल, हार्मोनियम तथा डेउडा गायन सुरु गरेका थिए। शास्त्रीय संगीत अध्ययनका लागि ललितकला क्याम्पस, काठमाडौंमा अध्ययन गरेका अवस्थीले रेडियो नेपालमार्फत आफ्नो सांगीतिक यात्रालाई संस्थागत रूपमा अघि बढाएका हुन्।

‘ऐसेलु किरमणी झूल’ लगायतका चर्चित डेउडागीतमार्फत चिनिएका अवस्थीले हालसम्म ७ हजारभन्दा बढी गीतहरूमा संगीत संयोजन, वाद्यवादन, रेकर्डिङ तथा मिक्सिङ गरिसकेका छन्। विगत १७ वर्षदेखि अत्तरियामा आफ्नै स्वामित्वको ॐ डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालन गर्दै आएका उनी लोकसंगीतका अथक साधकका रूपमा परिचित छन्।

चार दशकभन्दा बढी समय नेपाली गीतसंगीतको संरक्षण, प्रवर्द्धन र विकासमा समर्पित अवस्थीलाई प्रदान गरिएको यस सम्मानले सुदूरपश्चिमको लोकसंस्कृतिलाई राष्ट्रिय पहिचान दिलाउन गरेको योगदानको उच्च मूल्यांकन भएको सांस्कृतिक समाज नेपालले जनाएको छ।

सोमबार, माघ १२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.