बेङलोर (भारत) २ बैशाख
नेपाली जनसम्पर्क समिति दक्षिण भारतले रोजगारीका शलिशिलामा भारतमा अलपत्रमा परेका नेपालीहरुलाई राहत सामग्री बितरण गरेको छ ।
विश्वभर अहिले कोरोनाको सन्त्रास देखिएको भारत सरकारले पनि देशभर लकडाउन घोषणा गरेको छ । त्याहाका रोजगारिका शिलसिलामा गएका नेपालीहरु अहिले बेरोजगार भएपछि दैनिक छाक टार्न समस्या देखिएको नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रका माहासचिव बिमलराज बिष्टले जानकारी दिएका छन् ।
समस्यामा परेका नेपालीहरुलाई नेपाली जनसम्पर्क समिति दक्षिण भारतले बेङलोरमा रहेका नेपालीहरुलाई दैनिक उपभोग्य खाद्यान्न र स्वास्थ्य सामाग्री बितरण गरेको छ । नेपाली जनसम्पर्क समिति दक्षिण भारतक्षेत्र का माहासचिव बिमलराज बिष्टको पहलमा बेङलोरको विभिन्न एरियामा ज्याला दारि मजदुरि गर्ने नेपालीहरुलाई माक्स, सेनीटाईजर, साबुन, औषधी, नगद र खाद्यान्न बितरण गरिएको हो ।
भारतमा बिचल्लीमा परेको नेपालीहरुलाई नेपाली राजदुताबासले कुनै चासो नदिएको नेपाली जनसम्पर्क समिति दक्षिण भारतक्षेत्र का माहासचिव बिमलराज बिष्टले जानकारी दिए । जनसम्पर्क समितिले बिभिन्न क्षेत्रमा उपसमितिनै बनाएर बिचल्लीमा परेका नेपालीहरुलाई राहत सामग्री बितरण अभियान सुरु गरेको हो ।नेपाली जनसम्पर्क समिति नेपाली काँग्रेसको भारतमा रहेका नेपालीहरुको हकहितमा काम गर्ने भातृ संगठन हो ।
