• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

स्वास्थ्य मन्त्रालयले भन्यो –धनगढीलाई ‘हाइ अलर्ट’मा राखेर लक गर्नुपर्छ

कैलालीको धनगढीमा कोरोना भाइरस (कोभिड-१९) को ‘लोकल ट्रान्समिसन’ भेटिएपछि उक्त क्षेत्रलाई हाइअर्लटमा राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। मन्त्रालयका विज्ञ सल्लाहाकार डा।खेम कार्कीले धनगढी क्षेत्रमा दोस्रो चरणमा पुगेकाले अर्लट गरेर लक गर्नुपर्ने बताएका हुन्।

“दोस्रो चरणको शुरूआत देखिसकेको अवस्था छ। त्यहाँ अब उच्च सतर्कता नपनाउने हो भने भोलि कोरोना भाइरस (कोभिड-१९) को इपीसेन्टर बन्न सक्ने खतरा छ”, उनले भने, “लोकल ट्रान्समिसनसहित भारतबाट आएका दुई वटा केस पनि भेटिएकाले सुदूरपश्चिम क्षेत्र उच्च जोखिममा छ।”

उनका अनुसार दोस्रो चरणपछि त्यसलाई नियन्त्रण गर्न नसकिएमा क्रमशः समुदायमा संक्रमण सर्ने र पछि महामारीकै रूपमा फैलिन सक्ने उच्च खतरा हुन्छ। लोकल ट्रान्समिसन भएको केसबाट समुदायसम्म पुग्न नदिनकै लागि पूर्ण लक गरेर त्यहाँ परीक्षणको दायरा बढाउनुका साथै क्वारेन्टाइनमा राखेर निगरानी बढाउनुपर्ने देखिन्छ।

“इम्पोर्टेटबाट लोकल ट्रान्समिसन हुने केस सहजै चिन्न सकिने हुँदा अहिले नै ध्यान दिनुपर्छ”, उनले भने, “कम्युनिटी ट्रान्समिसनमा गयो भने कहाँ कसरी र कोबाट सर्‍यो भन्ने नै थाहा हुँदैन, त्यसो भएमा झन् कठिन हुन्छ।” उनका अनुसार बाहिरबाटै संक्रमित भएर आएको व्यक्तिले परिवारको सदस्य र नजिकको सम्पर्कमा रहने व्यक्तिलाई सार्नु भनेको नै लोकल ट्रान्समिसन हो।

“अहिले एकजनामा मात्रै सरेको छ। अब यतिमा नै नियन्त्रण गरेर राख्न सके राम्रो हुन्छ तर, सर्दै जाने भयो भने समुदायभरी नै फैलिन सक्छ। यो नफैलिन दिनका लागि लकडाउन अझ कडा पार्नुपर्ने अवस्था देखिन्छ”, उनले भने। डा. कार्कीले लकडाउनको पूर्ण पालना गर्न र सामाजिक दूरी कामय राख्नु जरुरी रहेको बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस भएको भन्दै अझ धेरै सावधानी अपनाउनुपर्ने अवस्था देखिएको बताएका छन्।

“घरभित्रै संक्रमित व्यक्तिबाट अर्कोमा सरेको केस हेर्दा पनि क्वारेन्टाइनमा कति सजगता अपनाइएको छ भन्ने देखिन्छ”, उनले भने, “अझ धेरै सावधानी अपनाउनुपर्ने अवस्था आएको छ।” धनगढीका ती ३४ वर्षीय युवक कतारबाट भारत, काठमाडौं, नेपालगञ्ज हुँदै सार्वजिन सवारीमा यात्रा गरेर घर पुगेका हुन्। घरकै सदस्य संक्रमित भएपछि उनले यात्रा गर्दा सम्पर्कमा आएका व्यक्तिहरूमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण हुने जोखिमसमेत देखिएको छ।

शनिबार, चैत २२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.