• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

भौतिक मन्त्री पालले गरे जलस्रोत तथा सिंचाइ कार्यालयको भवन उद्घाटन

धनगढी, १६ साउन / सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन्।मन्त्री पालले शुक्रबार प्रदेश सरकार अन्तरगत रहेको पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालय कैलाली र भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय धनगढीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै निरीक्षण समेत गरेका छन्।

दुबै कार्यालयका भवन शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले गत आर्थिक वर्षको वार्षिक योजनाअनुसार ठेक्का प्रक्रिया मार्फत निर्माण गरेको थियो। शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख डम्बर धितालले एउटा कार्यालयको एक करोड ९२ लाख ६० हजार बराबरको लागत स्टमेट रहेकोमा ठेक्का प्रक्रिया मार्फत एक वर्षमै निर्माण सम्पन्न गरिएको बताए।उनकाअनुसार पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालयको भवन निर्माणका लागि एक करोड १२ लाख १४ हजारमा ठेक्का सम्झौता भएको थियो। १६ बैशाख २०८१ म सम्झौता भएको उक्त भवन निर्माण व्यवसायीले सम्पन्न गरेर गत बैशाखमा कार्यालयलाई हस्तान्तरण गरेका थिए।

यस्तै, भूमिगत जलस्रोत तथा सिंचाइ व्यवस्थापन कार्यालयको भवन पनि एक करोड १२ लाखमै सम्झौता गरिएको थियो। उक्त भवन पनि निर्माण व्यवसायीले निर्धारित समयमै सम्पन्न गरेको हस्तान्तरण गरेका थिए। भवनको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले दुवै कार्यालय भवन जीर्ण अवस्थामा रहेकाले आवश्यकता महसुस गरेर प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए।

उनले कार्यालय व्यवस्थित नभएसम्म प्रभावकारी रुपमा कार्य सम्पादन गर्न समेत असहज हुने भएकाले अब भने भूमिगत जलस्रोत तथा सिंचाइ व्यवस्थापन कार्यालय र पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालयलाई सहजता मिल्ने बताए।हज र प्रभावकारी सेवा प्रवाहका लागि कार्यालय व्यवस्थापन प्रमुख कुरा भएको उनको भनाई थियो। कतिपय निर्माण व्यवसायीले ठेक्का लिने तर समयमै काम नगर्ने प्रवृत्तिकाबीच कम बजेटमा समयमै राम्रो काम गरेर भवन हस्तान्तरण गरेको निर्माण व्यवसायीलाई समेत धन्यवाद दिएका छन्।भूमिगत जलस्रोत तथा सिंचाइ व्यवस्थापन कार्यालयको भवन उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदको समेत सहभागिता रहेको थियो। कार्यक्रममा मन्त्रीसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टको समेत सहभागिता रहेको थियो।

शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.