धनगढी, १५ साउन/सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्तीले पनि विश्वासको मत दिएको छ । उन्मुक्तीका मन्त्री रामेश्वर चौधरीलाई कमलबहादुर शाहले हटाएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन फिर्ता लिएको थियो ।
समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले समर्थन जुटाउन फेरी विश्वासको मत लिनु परेको थियो । शाहलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका हुन् ।
नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभमा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन् । काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ । यो सँगै मुख्यमन्त्रीले जम्मा उपस्थित ४५ संसद मध्ये ३० पक्षमा र १५ विपक्षमा मत परेका हुन् ।