धनगढी २९ असार / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल ऐश्वर्य क्याम्पस इकाइ धनगढीले भानु जयन्ती मनाएको छ। धनगढी ८ भानुचोकमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण र दीप प्रज्वलन गर्दै २१२ औँ भानु जयन्ती मनाएको धनगढी नगर इकाइका नगरपत्रिका संयोजक नारद भट्टले जानकारी दिए।
नेपाली साहित्य क्षेत्र र नेपाली भाषाका विद्वान आदिकवि भानुभक्त आचार्यको आज देशभर २१२ औँ जन्मजयन्ती मनाइएको छ । भानुभक्त आचार्यले गरेको योगदानप्रति श्रद्धा सुमन व्यक्त गर्दै हरेक वर्ष असार २९ गते भानु जयन्ती मनाइने गरेको छ।