धनगढी, २९ असार / सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले प्राकृतिक प्रकोपबाट बचाउन सञ्चारकर्मी तथा पुर्व सुचनाको महत्वपूर्ण भूमिका हुने बताएका छन्। सञ्चारकर्मीले आमनागरिकका जनहितका सुचनाहरुलाई विशेष प्राथमिकता दिन समेत अनुरोध गरे ।
प्रतिबद्ध- ३ परियोजनाले धनगढीमा विपद्का सवालमा सञ्चारकर्मीहरुसँग गरेको कार्याशालामा बोल्दै आन्तरिक मामिलामा तथा कानुन मन्त्री सार्कीले प्रतिबद्ध लगायतका परियोजनाले विपद् व्यवस्थापनका लागि गरेका कार्यहरुले ठुलो सहयोग गरिरहेको बताए । हामीले विपद्लाई रोक्न त सक्दैनौ तर समयमै सचेत हुन सके मात्रै क्षति हुनुबाट बच्न सक्छौं उनले बताए ।
कार्यशालामा सुदूरपश्चिम प्रदेशमा विपद्को अवस्थावारे प्रतिबद्ध परियोजनाका नबिन भण्डारीले सहजिकरण गरेका थिए । यस्तै मौसम पुर्वानुमानमा आधारित पुर्वकार्य योजनाबारे प्रतिवद्ध परियोजनाकै सालिक घिमिरेले जानकारी गराएका थिए।
प्रतिवद्ध परियोजनाकै उषा जोशी र पुष्पा घलेले विपद् संवेदनशील उत्तरदायी सामाजिक सुरक्षाबारे जानकारी गराएका थिए । पत्रकार तथा प्रशिक्षक टेकेन्द्र देउवाले विपद्को सवालमा सञ्चारकर्मीको भूमिकाबारे सहजीकरण गराएका थिए।
युरोपियन युनियनको आर्थिक सहयोगमा प्रतिबद्ध परियोजना -३ को सहकार्य तथा पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा गरिएको कार्यशालामा नेपाल पत्रकार महासङ्घ प्रदेशका अध्यक्ष भरत शाहको अध्यक्षता र सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्की प्रमुख आतिथ्यता रहेको थियो।
यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मुकुन्द भण्डारी, महासंघका प्रदेश महासचिव शिवराज भट्ट, पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवा विभिन्न मिडियामा कार्यरत पत्रकारहरु र प्रतिवद्ध परियोजनाका सहजकर्ता हरुको उपस्थिति रहेको थियो।
औपचारिक कार्यक्रमको सञ्चालन प्रतिवद्ध परियोजनाका तेज बोहराले गरेका थिए।