धनगढी , २९ असार / यातायात व्यवस्था कार्यालय अगाडि रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको काउन्टरमा तोडफोड गरिएको छ। असार २८ गते शनिबार हुँदा काउन्टर बन्द भएको मौकामा काउन्टरको झ्यालबाट निकालेर कम्प्युटरमा पुर्ण रुपमा तोडफोड गरेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी काउन्टरकी प्रतिनिधि सुशील निरौलाले जानकारी दिइन्।
आज काउन्टरमा पुगे पछि मात्रै थाहा भएको हुँदा कुन बेला गरेको हो भन्ने थाहा नपाए पनि कुनै समुहले योजना अनुरुप नै गरेको निरौलाले दाबी गरिन् ।
सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरबाट काउन्टरमा पुगेका प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह कार्कीले यसबारेमा अनुसन्धान गर्ने बताए। यो चोर्ने उद्देश्यले भन्दा पनि तोडफोड गर्ने नियतले नै गरेको देखिन्छ। तोडफोडको प्रवृत्ति हेर्दा योजना अनुरुप नै गरेको जस्तो छ ,यस बारे थप अनुसन्धान गरिने उनले बताए।
महत्वपूर्ण प्रमाणपत्र र विवरण रहेको कम्युटर तोडफोड भएकाले काम गर्नै समस्या भएको प्रतिनिधि निरौलाले वताइन्।