कैलाली, २६ असार / कैलाली जिल्लामा शतप्रतिशत धान रोपाई भएको छ। यस वर्षको धान रोपाई जिल्लाभरि नै गरि सकेको कैलाली जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर बिष्टले जानकारी दिए ।
कैलाली जिल्लामा कुल ९१ हजार हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६३ हजार हेक्टर जमिनमा धान खेती गरिँदै आएको छ। यस वर्ष असारको अन्तिम साता पुरै ६३ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिए।
सुरुमा पानी नलाग्दा र पटकपटक विद्युत अवरोधका कारण धान रोपाई गर्न केही समस्या भएतापनि, असार दोस्रो हप्ता यता लगातार वर्षा भइरहँदा किसानले सजिलै तरिकाले धान रोपाइ गरी सकेको उनले बताए।
यस्तै कञ्चनपुर जिल्लामा पनि ९५ प्रतिशत धान रोपाइँ गरि सकिएको छ।