धनगढी, २४ असार/कैलालीको गोदावरी नगरपालिकाको पर्खाल भत्किएको छ । नगरपालिकाको पश्चिमतिरको पर्खाल भत्किएको हो । नगरपालिकाको पश्चिमतर्फ रहेको पर्खाल भत्किएको छ। केही वर्षअघि एडीबीको सहयोगमा निर्माण गरिएको यो पर्खाल कमजोर जमिनका कारण भत्किएको नगरप्रमुख बिरेन्द्र भट्टले जानकारी दिए ।
गोदावरीलगायत कैलालीमा आज मध्याहृ करिब एक घण्टा भारी वर्षा भएको छ । यहाँका नदी तथा खोलाहरुमा पानीको बहाब बढेको छ ।