धनगढी, २४ असार / धनगढी ५ हसनपुरमा अवस्थित एश्वर्य विद्या निकेतनले विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा जस्ता बहुप्रचलित संकायहरूसँगै अब कानुन र आम सञ्चार विषयसमेत अध्यापन सुरु गरेको छ।
विगतदेखि नै उत्कृष्ट शैक्षिक वातावरण, अनुशासन र नतिजाका आधारमा सुदूरपश्चिम क्षेत्रमै विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल एश्वर्यले समयानुकूल र बजारमुखी शिक्षालाई प्राथमिकता दिँदै नयाँ विषयहरु थप सुरु गरेको हो।
विद्यालय प्रशासनका अनुसार नयाँ शैक्षिक सत्रदेखि कानुन र आम सञ्चार विषय थप गरेको विद्यालयका प्राचार्य सन्जय पन्तले जानकारी दिए। उत्कृष्ट नतिजा र व्यवस्थित पूर्वाधारका कारण एश्वर्य विद्या निकेतनले छुट्टै पहिचान बनाउँदै आएको छ। शैक्षिक गुणस्तरमा निरन्तर सुधार गर्दै आएको एश्वर्यले अब कानुन तथा सञ्चारजस्ता विषयमार्फत विद्यार्थीलाई व्यवहारिक र पेसागत ज्ञानसमेत प्रदान गर्ने लक्ष्य लिएको छ।