धनगढी २३ असार/कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-३ नारायणपुरको डोडा नदीमा सोही ठाउँ बस्ने तुलादत्त भट्टको छोरा अन्दाजी १५ वर्षीय सुनिल भट्टको नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै आइतवार साथीहरूसँग डोडा नदीमा नुहाउन गएका घोडाघोडी नगरपालिका–३ का १७ वर्षीय सुन्दरप्रसाद भट्टको मृत्यु भएको छ। घर नजिकै रहेको नदीमा नुहाउन गएका सुन्दरको शव स्थानीय र प्रहरीको सहयोगमा नदीबाट निकालेर पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।