धनगढी, २१ असार / सुर्नया गाउँपालिकाका जनप्रतिनिधिहरुले एक आपसमा विवाद सिर्जना गरेका छन् । असार २० गते शुक्रबार बसेको बैठकमा गाउँपालिकाका विभिन्न आन्तरिक बिषयमा वडा अध्यक्षहरुको गाउँपालिकाका अध्यक्षसँग विवाद सिर्जना भएको स्रोतले जानकारी दिएको छ।
यस बिषयमा गाउँपालिकाका प्रवक्ता प्रताप महरासँग जानकारी लिँदा उनले ‘गाउँपालिकाका आन्तरिक विषयलाई लिएर सामान्य विवाद भएको स्विकारेका छन्। गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले आफु अध्यक्ष भएको रबाफ देखाउँदै सबै मैले भने अनुसार हुनुपर्छ भनेर एकलौटी रुपमा निर्णय लिनाले विवाद सिर्जना भएको बताए।
प्रवक्ता महराले भने, अध्यक्षले कर्मचारी नियुक्ति होस् वा अन्य विषयमा पेलेर जान खोजे पछि उपाध्यक्ष र वडा अध्यक्षसँग चर्काचर्की परेको जानकारी दिए ‘।
यस बिषयमा गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरसँग जानकारी लिन खोज्दा फोन उठ्न सकेन।
आर्थिक वर्षको सुरुमै जनप्रतिनिधि बिचको यो आपसी द्वन्द्वले सुर्नयाको समग्र क्षेत्रमा ठुलो प्रभाव पार्ने देखिन्छ।