धनगढी, २० असार । कञ्चनपुरबाट प्रहरीले करणी मुद्दाका फरार प्रतिवादीलाई १३ वर्ष पछि पक्राउ गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरले २०६९ जेठ ३० गते जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकेका भीमदत्त नगरपालिका – ४ का ४० वर्षीय मान सिह कार्की पक्राउ परेका हुन ।
उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका – ४ बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको जनाइएको छ ।