धनगढी, १९ असार । चैतन्य पाठशालाले कक्षा ११ का लागि विशेष छात्रवृत्ति योजना सार्वजनिक गरेको छ। आर्थिक रूपले कमजोर तर मेधावी २५ जना छात्रछात्रालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने विद्यालयले जनाएको छ।
‘शिक्षामा गुणस्तर र पहुँचको सन्तुलन आवश्यक’ रहेको उल्लेख गर्दै विद्यालयका सद्भावना दूत भरत विक्रम शाहले प्रतिभाशाली तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अवसर दिनु चैतन्य पाठशालाको सामाजिक उत्तरदायित्व भएको बताए।
विद्यालयले पूर्ण छात्रवृत्तिका लागि असार २५ गते विद्यालय परिसरमै प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ।
चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले हरेक वर्ष यस्ता छात्रवृत्तिको निरन्तरता दिँदै आएको बताए। “हामी विद्यार्थीलाई केवल परीक्षा पास गराउने उद्देश्य राख्दैनौँ, उनीहरूलाई जीवनका हरेक मोडमा सक्षम बनाउने शिक्षाको अभ्यास गर्छौं,” विद्यालयका शिक्षक संयोजकले उल्लेख गरेका छन्।
प्राचार्य प्रेमनिधी ओझाका अनुसार, विगतका वर्षहरूमा छात्रवृत्तिका माध्यमबाट थुप्रै विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गरिएको अनुभव सुनाउँदै यस वर्षको कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाए।
ब्कप ऋजबतन्एत्