धनगढी, १८ असार / किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाटन शाखाले मेलौली नगरपालिका–२, सारनपुरका स्व. नारायण ओडको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। सदस्य सुरक्षण कार्यक्रमअन्तर्गत स्व. ओडकी श्रीमती डम्मरी ओडलाई २ लाख ५८ हजार ७ सय ३६ नगद रकम हस्तान्तरण गरिएको संस्थाका प्रबन्ध निर्देशक भरतबहादुर रावलले जानकारी दिए।
कार्यक्रममा संस्थाका शाखा प्रबन्धक भरत बहादुर रावलको अध्यक्षता रहेको थियो भने मेलौली – २ का वडा सदस्य सरस्वती ओडको प्रमुख आतिथ्य रहेको थियो।
नारायण ओडको मृत्यु पछि सहकारीको सुरक्षण योजनाअन्तर्गत उक्त राहत रकम वितरण गरिएको हो। सदस्य सुरक्षण कार्यक्रमले आपत् विपत्तिमा सदस्य तथा परिवारलाई सहारा प्रदान गर्ने उद्देश्य राखेको छ।