कैलाली, १७ असार / राष्ट्रिय युवा संसद २०८१ मा सुदूरपश्चिम प्रदेशको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट ओम प्रकास वस्ती विजयी भएका छन्। कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सचिव समेत रहेका युवा नेतृत्व र सामाजिक सक्रियतामा सधैं अग्रणी भूमिका निर्वाह गर्दै आएका वस्ती राष्ट्रिय युवा संसदमा अनलाइन भोटिङ मार्फत निर्वाचित भएका हुन् ।
ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा सञ्चालन हुने यस संसदमा देशभरिबाट युवा प्रतिनिधिहरू निर्वाचित गरिरहेको छ । ओम प्रकाश बस्ती पनि कैलाली जिल्लाको क्षेत्र नम्बर ३ बाट दुईजना उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्। वस्ती विजय भएसँगै कैलाली मात्र नभई सम्पूर्ण सुदूरपश्चिमका युवाहरूको आवाज राष्ट्रिय स्तरमा पुग्ने अपेक्षा गरिएको छ।
नयाँ सोच, सकरात्मक परिवर्तन र नेतृत्व क्षमताका साथ अघि बढिरहेका वस्ती २०८१ चैत २७ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सचिवमा विजयी भएका हुन् । कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत बस्ती कानुन अध्ययनरत विद्यार्थीहरुलाई अध्यापन समेत गराइ रहनुभएको छ।
सिर्जनशील युवाहरूको प्रतिनिधित्व गर्दै देश विकासमा सकारात्मक योगदान दिन यो अवसर प्राप्त भएकोमा सबैप्रति आभारी रहेको वस्तीले बताए ।
राष्ट्रिय युवा संसद युवा नेतृत्व विकास, नीति निर्माणमा युवा सहभागिता र सशक्त आवाजको प्लेटफर्मको रूपमा स्थापित हुँदै आएको छ। युवा संसदको कार्यकाल आगामी २ वर्ष सम्म रहने छ ।