धनगढी, १६ असार । गएराति देखि परेको अबिरल बर्षाका कारण धनगढीका अधिकांश क्षेत्र जलमग्न भएका छन । प्रदेशको राजधानीका साथै प्रमुख ब्यापारिक केन्द्र समेत रहेको धनगढीका रातोपुल, हसनपुर, शिवनगर, बिशालनगर लगायतका अधिकांश स्थान डुबानमा परेका छन । रातोपुका करिब आधा दर्जन पसलमा पानी पसेपछि ब्यापारीहरुलाई समान जोगाउन हम्मेहम्मे परेको छ । रातभरी पानी परेपछि बिहानै रातोपुलमा रहेको आफ्नो पसल पुगेका शुसिल शाहले डुबान बढ्दै गएकोले यहाका अधिकांश पसल भित्र पानी पस्न शुरु भएको बताए ।
उनले पानीको उचित निकास नहुदा बर्षेनी यस्तो समस्या झेल्दै आइरहेको बताए । राति ३ बजेदेखि भएको अवरिल वर्षापछि धनगढीका बिभिन्न भाग डुवानमा परेका हुन् । प्रहरीले अविरल वर्षापछि धनगढीका बिभिन्न भाग जलमग्न भएपनि भौतिक र मानवीय क्षति भने नभएको जनाएको छ ।

