धनगढी, १५ असार / सुदूरपश्चिम प्रदेशको धनगढीमा भारी वर्षा भएको छ । आइतबार बिहानदेखि वर्षा भइरहेको धनगढीमा दिउसो २ बजे पछि भारी बर्षाले जनजीवन प्रभावित गरेको छ ।
बिहान साढे सात बजेपछि केही समय रोकिएको वर्षा दिउँसो दुई बजेपछि पुनस्सुरु भएको हो । एक घण्टा लागेको अविरल भारी बर्षाले धेरै स्थानमा डुबान नै भएको छ ।