धनगढी , १४ असार / धनगढी ८ क्याम्पस रोडमा रहेको थ्री स्टार इङ्गलिस बोर्डिङ स्कूलले एसईईमा १०० प्रतिशत नतिजा लिएको छ । एसईईमा ५५ विद्यार्थी सहभागि भएकोमा सबै विद्यार्थीले उत्कृष्ट नतिजा लिएर उत्तीर्ण भएका विद्यालयकी प्रिन्सिपल मिरा आचार्यले जानकारी दिइन् ।
प्रिन्सिल आचार्यले ५५ विद्यार्थी परीक्षामा सहभागी भएर १७ विद्यार्थीले ए पल्स , २८ जनाले ए, ९ जनाले बी पल्स र १ जना विद्यार्थीले बी ग्रेड लिएर सफल भएका बताइन् ।
थ्री स्टार इङ्गलिस बोर्डिङ स्कूलले कक्षा ८ को नतिजा पनि राम्रो लिएको थियो ।