धनगढी, १३ असार / धनगढीको नास्ट कलेजमा (नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी) आज रक्तदान कार्यक्रम गरिएको छ।
नास्ट कलेजको रेडक्रस सर्कलले आयोजना गरेको रगत दान कार्यक्रम बिहान ८ बजेदेखि कलेजकै कन्फ्रेन्स हलमा गरिएको नाष्ट रेडक्रस सर्कलका अध्यक्ष नवीन पन्तले जानकारी दिए ।
रक्तदान कार्यक्रममा कलेजका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले रगत दान गरेका थिए। कलेजमै गरेको रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत सङ्कलन गरिएको छ। रगतको अभाव हटाउँदै मानव सेवामा योगदान पुर्याउनका लागि आफूहरूले यो सानो प्रयास गरेको नाष्ट कलेज रेडक्रस सर्कलका अध्यक्ष पन्तले बताए ।
रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व प्रति युवा पुस्तालाई प्रेरित गर्ने विश्वास समेत लिएको अध्यक्ष पन्त बताउँछन्। नाष्ट कलेज रेडक्रस सर्कलले विगतदेखि कलेज तथा कलेजभन्दा बाहिर सेवामूलक काम गर्दै आइरहेको छ।