धनगढी, १० असार / कैलाली जिल्ला भरी २५ प्रतिशत धान रापाइँ गरिएको छ । आज असार १० गते सम्म जिल्ला भरी २५ प्रतिशत धान रापाइँ गरि सकिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक बहादुर बिष्टले जानकारी दिए ।
यति बेला किसानहरु बिशेष गरी धान रोपाइँमा ब्यस्त छन् । तर पानी नपर्दा सँगै विद्युत लाइन समेत बेला बेला कट भैरहदा खेतमा पानीको ठुलो समस्या रहेको ज्ञान केन्द्रका प्रमुख बिष्टले बताए ।
कैलाली जिल्लामा अधिक किसान आकासे पानी र मोटरको भरमा रापाइँ गर्ने भएकाले समेत केही असहज भैरहेको जानकारी दिए । अझै पनि समय भएकाले त्यति धेरै ठुलो समस्या नभए पनि बेर्नामै धानको बिउ हुर्किदा किसानहरु हतारमा धान रोपी रहेका कृषि ज्ञान केन्द्रका प्रमुख बिष्ट बताउछन् ।
धान दिवस सम्म ४० देखि ५० प्रतिशत धान रोपि सकिने अनुमान गरिएको छ ।