धनगढी, १० असार / विश्व हिन्दू परिषद् नेपाल, सुदूरपश्चिम प्रदेश र धनगढी नगर समितिको आयोजनामा वृहत् रक्तदान कार्यक्रम हुने भएको छ। असार १४ गते शनिबार धनगढी पार्कमोडमा दोस्रो बृहत् रक्तदान कार्यक्रम गरिन लागेको विश्व हिन्दू परिषद् सुदूरपश्चिम प्रदेशका अध्यक्ष इन्जिनियर महेन्द्र पन्तले जानकारी दिए।
“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गरिन लागेको यस रक्तदान कार्यक्रममा ठूलो संख्यामा स्वयंसेवक, समाजसेवी, युवा, विद्यार्थी तथा स्थानीय बासिन्दाको सहभागिता रहने अपेक्षा गरिएको छ।
रक्त अभावमा जीवन गुमाउने अवस्थाको अन्त्य गर्नुका साथै समाजमा मानवता र सेवा भावको विस्तार गर्न रक्तदान कार्यक्रमले ठुलो प्रभाव पार्ने भएकाले पनि गरिन लागेको अध्यक्ष पन्तले बताए ।
सामाजिक दायित्वप्रति विश्व हिन्दू परिषद् नेपालको सक्रियता र प्रतिबद्धता विगत देखि अधिक भएकाले यस कार्यक्रमलाई सफल पार्न आयोजकले सबैबाट सहयोग हुने ठुलो अपेक्षा समेत राखेको छ।