• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

करको दायरा बढाउन सकस

 धनगढी,८ असार । कञ्चनपुरका स्थानीय तहले करको दायरा फराकिलो बनाउन सकेका छैनन् । यहाँका अधिकांश पालिकाले आर्थिक वर्ष २०८०/८१ मा मनोरञ्जन कर र विज्ञापनबापत कर उठाउन सकेका छैनन् ।

सुदूरपश्चिम आर्थिक ऐन, २०८० को दफा ५ मा विज्ञापन कर लगाउन र उठाउन पाउने अधिकार स्थानीय तहलाई दिएको छ तर यहाँका अधिकांश पालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विज्ञापन र मनोरञ्जन कर असुल गर्न सकेका छैनन् । शुक्लाफाँटा नगरपालिकाले गत आवमा कुनै पनि मनोरञ्जन कर सङ्कलन गर्न नपाएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । पालिकाको क्षेत्रभित्र उठ्नुपर्ने मनोरञ्जन कर यकिन गरेर असुल गर्नुपर्ने महालेखाले बताएको छ ।

सो पालिकाले आव २०८०/८१ मा विज्ञापन कर पनि उठाउन नसकेको हो । सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले आगामी आवदेखि विज्ञापन करमा ठेक्का प्रक्रिया अगाडि बढाइने बताउनुभयो । यस्तै वेदकोट नगरपालिकाले पनि गत आवमा विज्ञापन र मनोरञ्जन कर उठाउन सकेन् । सो पालिकाले विज्ञापन र मनोरञ्जन कर उठाएर आन्तरिक आम्दानी बढाउनुपर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

भीमदत्त नगरपालिकाले गत आवमा विज्ञापन कर ठेक्का तथा अन्यबाट कर उठाएको छ । भीमदत्त नगरपालिकाले गत आवमा १७ लाख ५१ हजार १११ रुपियाँ विज्ञापन कर उठाएको हो तर भीमदत्त नगरपालिकाले सामाजिक सञ्जाल, फेसबुक, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय सञ्जालमार्फत गरिने विज्ञापनलाई करको दायरामा ल्याउन सकेको छैन । सो पालिकाले पनि मनोरञ्जन कर उठाउन सकेको छैन । त्यस्तै लालझाँडी गाउँपालिकाले गत आवमा मनोरञ्जन र विज्ञापन कर असुल गर्न नसकेको जनाइएको छ । सो पालिकाले विद्युतीय प्लेटफर्ममार्फत गरिने विज्ञापनलाई समेत आर्थिक ऐनमा समेटी उपयुक्त प्रणालीको विकास गरेर करको दायरा फराकिलो बनाउनुपर्ने महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।

दोधाराचाँदनी नगरपालिकाले पनि गत आव २०८०/८१ मा विज्ञापन र मनोरञ्जनबाफत कर असुल गर्न सकेको छैन । जिल्लाको बेलौरी नगरपालिकाले भने गत आवमा एक हजार दुई सय रुपियाँ विज्ञापन कर उठाएको छ । सो पालिकाले कर उठाउन सुरु गरे पनि एकदमै न्यून कर उठाएको महालेखाले औँल्याएको छ तर मनोरञ्जन कर उठाउनेतर्फ भने बेलौरी नगरपालिकाले चासो नदिएको देखिएको हो ।

जिल्लाको कृष्णपुर नगरपालिकाले गत आवमा १० हजार ६२० रुपियाँ विज्ञापन करबापत असुल गरेको छ । सो पालिकाले विज्ञापन कर ठेक्कामा लगाउँदा प्रचलित कानुनबमोजिम रसिद ठेली प्रमाणित गरिदिनुपर्नेमा रसिद ठेली भने नदिएको पाइएको छ तर मनोरञ्जन कर उठाउनेतर्फ भने कृष्णपुर नगरपालिकाले चासो नदिएको पाइएको छ ।

यस्तै पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाले भने गत आवमा विद्युतीय सञ्जालमार्फत गरिने विज्ञापनलाई करको दायरामा ल्याउन नसकेका महालेखा परीक्षकको कार्यालयको प्रतिवदेनमा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६४ बमोजिम सामाजिक सञ्जाल फेसबुक, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय प्लेटफर्ममार्फत गरिने विज्ञापनलाई समेत करको दायरामा ल्याउनु पर्छ । ती विज्ञापनलाई आर्थिक ऐनले समेटी करको दायरा फराकिलो बनाउनुपर्ने महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।

 

आइतबार, असार ०८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.