• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

स्याउ खेतीबाट आत्मनिर्भर बन्दै पाण्डुसैनवासी

 धनगढी,७ असार । बाजराको बुढीनन्दा नगरपालिका–९ का पाण्डुुसैनवासी स्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् ।यहाँको पाण्डुसैन स्याउ उत्पादनका लागि निकै उपयुक्त ठाउँ हो । योभन्दा पहिला पनि यहाँका स्थानीयले स्थानीय जातको स्याउ राम्रो उत्पान गर्ने गर्थ्ये  । तर गाउँमा सडक सञ्जालको सुविधा नहुँदा त्यो स्याउँ कतै बिक्री नभई खेर जाने गरेको थियो ।

पछिल्लो समय मार्तडी कोल्टी सडक यो गाउँको बिचमा विस्तार भएसँगै अहिले यहाँका स्थानीयको मुख्य पेसा स्याउ खेती नै बनेको छ । यहाँ झण्डै तीन सय भन्दाबढी घरधुरीले स्याउ खेती गर्दै आएका छन् ।

गत वर्षमा मात्र यहाँका किसानले झण्डै सात हजार पाँच नयाँ जातको गोल्डेन हाइडेन्सिटी डेलिसिएस लगायतका नयाँ जातको स्याउको बोट लगाएका हुन् । यो वर्षमा पनि यहाँका किसानले दुई पाँच सय स्याउको बोट रोपेको स्याउ किसान मानबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्षमा यहाँ स्याउ राम्रो भएको थियो । त्यो स्याउ झण्डै पचास लाखसम्मको बजारमा बिक्री गरेका थियौं । यो वर्षमा स्याउ फुल्ने बेलामा खडेर परेर खासै राम्रो फलेको छैन । स्याउमा सिँचाइ हुनेको त राम्रो फलेको छ । सिँचाइ नहुनेको भने खासै राम्रो फलेको छैन ।”

सिँचाइको अभाव छ । यहाँका किसान पछिल्लो समय स्याउ खेती गर्न थालेका छन् । उनीहरुको मुख्य पेसा अहिले स्याउ नै बनेको छ । तर गाउँमा सिँचाइ सुविधा छैन ।  सिँचाइ सुविधा हुने हो भने यहाँका किसान स्याउ खेतीबाट नै जिविकोपार्जन गर्न सक्षम हुने थिए । पाण्डुसैनमा सबै भन्दाबढी स्याउ लगाउनेमा शेरबहादुर रावत हुनुहुन्छ । त्यसपछि मानबहादुर र चर्क बोगेटी रहेको रावतले बताउनुभयो ।

पाण्डुसैनलाई अहिले स्याउको राजधानी भन्ने गरिन्छ । यहाँ राम्रो स्याउ उत्पादन हुन्छ । पहिलाका भन्दा अहिले यहाँका किसानले तेब्बरमा स्याउ लगाउने गरेका छन् । पहिला उनीहरूले लगाएको स्याउ स्थानीय जातको मात्र थियो भने अहिले मनाङ्गदेखि उन्नत जातको स्याउ ल्याएर खेती गरेका छन् । त्यो स्याउ दुई तीन वर्षमा राम्रो फल्ने पनि गरेको छ ।

बाजुराको पाण्डुसैनमा स्याउ खेती राम्रो हुन्छ । अहिले यहाँका किसानलाई नयाँ जातको स्याउ खेती गर्न उत्प्रेरित गर्दै आएका छौँ । पहिला यहाँ स्थानीय जातको मात्र स्याउ हुन्थ्यो । अहिले नयाँ जातको स्याउ पनि फल्ने गरेको बुढीनन्दा नगरपालिका–९ का वडा अध्यक्ष मानबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला स्याउ फले पनि त्यो यहाँ आउने केहीले मात्र किन्ने गर्थ्ये । खासै बिक्री हुँदैन थियो । अहिले गाउँमा सडक पुगेसँगै त्यो स्याउँ मार्तडीदेखि देशका विभिन्न ठाउँमा बिक्री हुने गरेको छ ।”

गत वर्षमा मात्र यो गाउँदेखि झण्डै पचास लाख रुपियाँको स्याउ बिक्री भएको हो । यसरी स्याउ घरमै बिक्री हुन थालेपछि पछिल्लो समय यहाँका किसान स्याउ खेतीबाट नै आत्मनिर्भर बन्दै गएको वडाध्यक्ष रावतले बताउनुभयो ।

बाजुराको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ बडिमालिका, गौमुल र खप्तडछेडेदहमा स्याउ उत्पादन राम्रो हुने गरेको छ ।

सबै भन्दाबढी बुढीनन्दा स्वामिकार्तिक खापर जगनाथ गाउँपालिकामा उत्पादन हुने गरेको छ । त्यसपछि हिमाली , बडिमालिका , गौमुल र खप्तड छेडेदहमा पनि उत्पादन हुन्छ ।

पछिल्लो समय यहाँका किसानले स्याउँ राम्रो उत्पादन गर्ने गरेको भए पनि स्याउ पाक्ने बेलामा मार्तडी कोल्टी सडक अवरुद्ध हुने गरेकोले उनीहरूलाई स्याउ बजारमा पुर्‍याउन निकै समस्या हुने गरेको छ ।

कर्णाली काेरिडोर सडकले केही सहज गरेको भए पनि साँफे मार्तडी र मार्तडी कोल्टी सडक स्याउ पाक्ने बेलामा सधैँ अवरुद्ध हुने गरेकोले यहाँका  स्याउ किसान मर्कामा पर्ने गरेका छन् ।

पहिला लोकल स्याउ मात्र उत्पादन हुने गरेको बाजुरामा अहिले फुजी गाला र गोल्डेन जातको समेत स्याउ समेत उत्पादन हुने गरेको छ । विगतका केही वर्ष यता बाजुरामा उत्पादन भएको  झण्डै ६ सय मेट्रिकटन स्याउ देशका विभिन्न सहरमा बिक्री हुँदै आएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी प्रेमराज न्यौपानेले बताउनुभयो ।

शनिबार, असार ०७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.