धनगढी, ३१ जेठ / कञ्चनपुरमा ३ जनामाथि धारिलो हतियार प्रहार गरिएको छ। जिल्लाको नगरपालिका पुनर्वास–६ मनकामना टोलमा राजु सुनारले तीन जनालाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका हुन्।
उनले मदिरा सेवन गरी सोही ठाउँका गोविन्द सुनारसँग विवाद गर्दै ईट्टा र चक्कु जस्ता धारिलो हतियार प्रयोग गरि गोविन्द सुनारसहित तीन जनालाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले बताएको छ।
इटा र चक्कु जस्तो धारिलो हतियार प्रयोग गरी स्थानीय सुनिता सुनारको निधार र मुखमा चोट लागेको छ। यस्तै सुशीला सुनारको टाउकोमा तथा गोविन्द सुनारको निधार र टाउकोमा चोट लागेको छ।
घाइतेहरूको आईबिआरडी पोलिक्लिनिकमा उपचार भइरहेको छ। घटना लगत्तै कुटपिटमा संलग्न राजु सुनार फरार भएका छन्। राजुको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।