• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

प्रत्यक्ष र समानुपातिकका करोडको योजना सम्बोधन

 धनगढी,३१ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा सदस्यका योजनालाई सम्बोधन गरेको छ । सरकारले प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यका क्रमशः पाँच र तीन करोडको योजना बजेटमा समावेश गर्ने गरी सम्बोधन गरेको हो ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको कार्य लगभग टुङ्गिएको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताउनुभयो । उहाँले प्रत्यक्ष र समानुपति प्रदेश सभा सदस्यका क्रमशः पाँच र तीन करोड कार्यक्रम समावेश गरेर बजेट बनेको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले असार १ गते सभामा बजेट प्रस्तुत गर्नु पर्ने कानुनी प्रावधान रहेको छ । सोही अनुरुप बजेट तयारीको काम पूरा भइसकेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्यले प्रदेश सरकारले सबैलाई सामान रुपले हेर्नु पर्ने सदनमै आवाज उठाएका थिए । तर समानुपातिकलाई पाँच करोड हुन नसकेको नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकसमेत रहनु भएकी समानुपातिक प्रदेश सभा सदस्य इन्दिरा गिरीले बताउनुभयो ।

“सरकारको निर्णयलाई चित्त बुझाउनै पर्‍यो”, उहाँले भन्नुभयो, “हामी समानुपातिकले त सांसदलाई यत्तिमा सिमित राख्नु हुँदैन र यस्तो बजेट राख्नु हुँदैन भन्ने आवाज उठाएका थियौं ।”

एउटै सडक बनाउन दुई, तीन करोड रुपियाँ आवश्यक पर्ने भएकाले सरकारले प्रदेशसभा सदस्यलाई यत्तिमा सिमित राख्नुभन्दा ठुला कार्यक्रमहरु अगाडि बढाउनुपर्ने गिरीको भनाइ छ । उहाँले पाँच करोड, तीन करोड रुपियाँले जनताको माग, मुद्दा सम्बोधन नहुने जिकिर गर्नुभयो ।

प्रदेशसभा सदस्यलाई तोकिएको रकम बराबर हुने गरी प्रदेशसभा सदस्यले भौतिक विकास, सामाजिक विकास, बाटाघाटा निर्माण लगायतका योजनाहरु समावेश गरिएका जनाइएको छ । विगतमा सांसद् विकास कोष नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमअन्तर्गत सांसदहरुलाई बजेट दिइन्थ्यो । त्यस कार्यक्रमअन्तर्गत सांसदले मनपरी ढङ्गले योजना राख्ने गरेको भन्दै कार्यक्रम बदनाम बनेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आकार बढाएर बजेट ल्याउने तयारी गरेको बुझिएको छ । आर्थिक वर्ष २०८२/८३ मा बजेटको आकार बढ्ने नीति तथा योजना आयोगक सदस्य नृपबहादुर सुनारले बताउनुभयो ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३१ अर्ब ५३ करोड ६६ लाख रुपियाँको बजेट ल्याएको थियो ।

शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.