धनगढी, ३० जेठ / काठमान्डौ विमानस्थलमा यात्रुहरुले लफडा गरेका छन्। प्लेन डिले भए पछि यात्रुहरू आक्रोशित बन्दा विमानस्थलका कर्मचारी लगायत सुरक्षामा खटिएका प्रहरीसँग बाँझाबाझको अवस्था सिर्जना भएको हो ।
काठमाडौँदेखि धनगढी आउँदै गरेका यात्रु पदमराज जोशीले भने ३ देखि ४ घण्टा अगाडि बोर्डिङ पास गरेर विमानस्थलमा यात्रुहरुलाई कुराए पछि यात्रुहरू जोसिएर हात हालाहालको अवस्था सिर्जना भएको हो। आज काठमान्डौ विमानस्थलमा देशभरकै विमान डिले भएको उनले बताए।
विमान उडाउन डिले हुँदा विमानस्थल कार्यालयले कारण नबताई यात्रुहरूलाई कुराइरहँदा अप्ठ्यारो अवस्था सिर्जना भएको थियो।
तर विमानस्थलका कर्मचारीहरूलाई सोधपुछ गर्दा आफूहरूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्।