कैलाली , २६ जेठ / नेपाल राष्ट्र बैँकका गर्भनर डा.विश्वनाथ पौडेलले बैँक तथा बित्तीय संस्था र व्यवसायीबिचको सम्बन्ध सुधारमा जोड दिएका छन्। नेपाल राष्ट्र बैँक धनगढी कार्यालयले सोमबार धनगढीमा आयोजना गरेको उद्योगी, बैँक तथा बित्तीय संस्था र ऋणीहरूसँगको छलफल कार्यक्रममा सहभागी गर्भनर पौडेलले आर्थिक गति चलायमान गर्न र समस्याको सामाधान गर्न बैँक तथा बित्तीय संस्था र व्यवसायीबिचमा सम्बन्धमा सुधारमा जोड दिएका हुन् ।
ऋणीहरू प्रति बैँक तथा बित्तीय संस्थाका कर्मचारीको व्यवहार सुमधुर नभएको गुनासो सुन्दै आएको बताउदै गर्भनर पौडेलले बैँक र वित्तीय क्षेत्रले कारोबारीसँगको व्यवहार परिर्वतनमा जोड दिए । बैँकरहरूले आफ्ना ग्राहकसँग संयमित भएर सम्झाई बुझाई समस्या सामाधानको बाटो खोज्नुपर्ने उनको भनाइ छ । ऋणीहरूलाई गाली गर्ने धम्काउने तथा विभिन्न प्रकारका डर देखाउने कार्य कदापी गर्न नहुँने गर्भनर पौडेलले बताए ।
कोभिडिपछि अर्थतन्त्रमा केही समस्या देखा परेको बताउदै उनले भने, “अर्थतन्त्रमा देखिएका समस्याहरू आगामी मौद्रिक निति मार्फत सुधारको प्रयास गर्छु । कोभिड लगायत अन्य आकस्मिक घटनाहरूले अर्थतन्त्रमा केही समस्या पैदा गर्ने गरेको छ यसको समस्याको पहिचान गरेर समस्या सामाधान गर्छ । ”
जनताको सल्लाह र समास्याका आधारमा आफुले अर्थ निति बनाउने बताउनु हुँदै उहाँले भन्नुभयो,“म गर्भनर भएपछि जनताका समास्याका आधारमा निति बनाउने उदेश्य लिएको छु । जस अन्तर्गत मध्यलोक मार्ग हुँदै जेठ २३ गते देखी सारोकारवालाहरुको गुनासो सुन्दै धनगढी पुगेको छु । सारोकारवालका गुनासका आधारमा आगामी मौर्दिक निति बनाउँछु ।”
नेपाल–भारतको सीमा क्षेत्र र पहाडी जिल्लामा रहेको धितो मूल्याकङ्न नहुने भए पनि न्युन हुने भन्ने गुनासो छ, यसलाई बिज्ञसँग छलफल गरी सुधार गर्ने समेत गर्भनर पौडेलले बताए।
उनले साना व्यवसायी, किसानका, युवा स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यका साथ आफुले काम गर्नेमा समेत विश्वस्त पारे। सबैखाले व्यावसायी, लगानीकर्ता बैँक तथा वित्तिय क्षेत्रका समस्या सामाधानमा आफु क्रियाशिल रहने उनको भनाइ छ ।
कार्यक्रमा सहभागीहरूले बैँक तथा वित्तीय संस्थाहरूले पहुँचको आधारमा ऋण लगानी गर्ने, चर्को ब्याज,स्टार्टअफ कर्जा,बैँकहरू व्यवहार राम्रो नभएको, कृर्षि कर्जामा समस्या भएको लगायतमा समस्या व्यक्त गरेका थिए ।
सहभागीका जिज्ञासाको जवाफ दिनुहुँदै नेपाल राष्ट्र बैँकका बैँक तथा बित्तीय संस्था नियमन विभागका निर्देशक गुरुप्रसाद पौडेलले सरोकारवालका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
छलफल कार्यक्रममा नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक तथा बैँक सुपरिवेक्षण विभागका दीर्घबहादुर रावल, गर्भनर कार्यालयका कायम मुकायक कार्यकारी निर्देशक शरणकुमार अधिकारी, नेपाल राष्ट्र बैँक धनगढी कार्यालयका केशबबहादुर केसी, उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू, बैंकर एसोसियन लगायत सरकोकारवलाहरूको सहभागिता रहेको थियो ।
नेपाल सरकारले नेपाल राष्ट्र बैँकको १८ औँ गर्भनरको रूपमा नियुक्त गरेपछि सरोकारवालाहरूको गुनासो र समस्या पहिचान गर्न गर्भनर पोडेल धनगढी आएका हुन्।