धनगढी , २४ जेठ/ कैलालीको भजनी नगरपालिकामा बर्षायाममा आउने बाढीले सधै किसानहरुको पसिनाको खेती धानबालीमा ठुलो क्षति पार्छ। अझ भनौ भजनीका अधिक किसानले बर्खायाममा धान बाली रोप्न छोडेर रोजगारीका लागि भारततर्फको गन्तव्य तय गर्छन् ती मध्येका एक हुन भजनी नगरपालिका- ३ धुसीका सिताराम चौधरी
तर भजनी नगरपालिकाका सिताराम खेती गर्न अब निरास भएका छैनन। बर्खायाममा धानबाली नरोपे पनि उन्को घर परिवारको लागि वर्ष भरि खान पुग्छ सँगै उनी बिक्री वितरण समेत गर्छन्। २०५८ सालबाट २ र ४ कट्टाबाट सुरु गरेको चैते धान खेती अहिले एक्लैले ८ बिघामा लगाएर बार्षिक ७-८ लाख कमाउने गरेका छन्।
सुरु सुरुमा चैते धान खेती गर्न धेरै समस्या हुँदा हुँदै पनि निरन्तर गरियो । अहिले बर्खायाममा धानबाली रोप्नै छोडि सकेको बताउछन्। परिवारका जम्मा ४ जना मात्रै लागेका छौ सबै खर्च कटाएर आफुलाई बचाएर बिक्रि गर्दा समेत राम्रै आम्दानी भैरहेकाले चैत धान खेतीबाट सन्तुष्ट रहेको भजनीका किसान चौधरी बताउछन्।
अहिले आफू मात्रै हैन पुरै भजनी नगरपालिका भरी चैते धान खेती गर्ने गरेका छन्। जस्ले गर्दा हाम्रो लागि धानको सिजन चैतमा नै भएको जस्तो लाग्ने गरेको उनी बताउछन्। २०७९ साल सम्म आफ्नै अनुभव र सीपले चैते धान खेती गरिए पनि अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि अनुदान दिइ रहेकाले अधिक सहज भैरहेको उनी बताउछन्।
बर्षायाममा भजनी-३ धुसी पुरै जलासयमा परिणत भैरहन्छ । चैत धान खेती नगरेको भए अहिले आफुहरु भारत लगाएतका देशहरुमा काम खोजीमै जीवन बिताइ रहन्थ्यौं उनले भने ।