धनगढी, २५ जेठ / खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीमा झन्डै ७ करोड बराबरको घुम्ती खाद्य प्रयोगशाला सञ्चालनमा आएको छ। आर्थिक वर्ष २०८१/०८२ को चैत महिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँबाट प्रयोगशाला हस्तान्तरण भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले जानकारी दिए।

मोबाइल भ्यान प्रयोग गरी नमुना सङ्कलन गरेको स्थलमै विभिन्न खाद्यवस्तुको गुणस्तर परीक्षण गर्न सकिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले जानकारी दिए। उक्त घुम्ती खाद्य प्रयोगशालामा विषादीको अवशेष, दूध, तेल, मिठाई, रङ, सस जस्ता खाद्यान्नहरु तत्काल परीक्षण गर्न सकिने बताए ।
बढ्दो अखाद्य वस्तुको बिक्री वितरण रोक्नको लागि उक्त घुम्ती खाद्य प्रयोगशालाले क्षणमा सहज हुने उनको भनाइ छ। देशभरमै चार ठाउँमा मात्रै उपलब्ध भएको घुम्ती खाद्य प्रयोगशाला काठमाडौँ, विराटनगर, भैरहवा र धनगढीमा मात्रै उपलब्ध छ।