लवदेव धामी
धनगढी, १९ जेठ / विशेष सुराकीको सहयोगमा भारताल साझेदारी वन उपभोक्ता समूहले काठ सहि ट्याक्टर नियन्त्रमा लिइएको छ। सव-डिभिजन वन कार्यालय फुलवारी र इलाका प्रहरी कार्यालय वहुलिया संयुक्त गस्ती टोलीले अवैध सालको काँचो गोलिया बरामद गर्न सफल भएको भारताल साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष यादव भण्डारी सुदुरपत्रलाई जानकारी दिए।
विहान करिब ४ बजे तिर गस्ती टोलीले संयुक्त अपरेसन गर्दै टेक्टरमा लोड गरिएको साल जातको काँचो गोलिया २ थान (करीब ५० क्युफ्ट) बरामद गरेको हो। तस्कर भने सुराकी पाउने बित्तिकै फरार भएका छन्। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको सव-डिभिजन वन कार्यालय फुलवारीले जनाएको छ।
भारताल साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष यादव भण्डारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले अब वन क्षेत्रको संरक्षणमा समुदाय, सुरक्षा निकाय र सम्बन्धित कार्यालयहरूको सहकार्य झनै मजबुत बनाइने बताए।
भारताल साझेदारी वन धनगढी १४, १५, १६ र १७ सँगै कैलारी गाउँपालिका ६ र ९ को बिचमा पर्छ । टेक्टर सहित काठ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अध्यक्ष भण्डारीले बताए ।