बैतडी १८ जेठ/बैतडीमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । दशरथ चन्द नगरपालिका–६ टाक बस्ने ७० वर्षीया धनपति नाथको भीरबाट लडेर मृत्यु भएको हो
शनिवार घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी नाथको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भीरबाट २ सय मिटर तल खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा मृत्यु भएको थियो ।