धनगढी,१२ जेठ / दशरथचन्द बैतडी विद्यार्थी समाज, धनगढी कैलालीले बिद्यार्थी नेतृत्व विकास तथा दक्षता अभिवृद्धि उद्देश्यले ७ दिने निशुल्क उद्घोषण तालिम आयोजना गर्ने भएको छ। विद्यार्थीहरुको वाक कला विकासमा सहयोग पुगोस् भन्ने हेतुले उक्त तालिमको आयोजना गरिन लागेको दशरथ चन्द बैतडी विद्यार्थी समाजकी सचिव करुणा चन्दले जानकारी दिइन् ।
तालिम कैलाली बहुमुखी क्याम्पसको सभाहल (बी ब्लक) मा जेठ १३ देखि दिउँसो २ बजेबाट साँझ ४ बजेसम्म सञ्चालन गरिनेछ। प्रशिक्षणमा सहभागी हुन इच्छुक सम्पूर्ण विद्यार्थीहरूलाई समाजले हार्दिक आमन्त्रण गरेको छ। साथै उक्त ७ दिने तालिममा जुनसुकै क्याम्पस विद्यालयमा पढ्ने इच्छुक हरुले सहभागी हुनसक्ने सचिव चन्दले बताइन्।
यो कार्यक्रम विद्यार्थीहरूको नेतृत्व क्षमता, सामाजिक चेतना, तथा संगठनात्मक सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान हुने बैतडी विद्यार्थी समाज परिवारले विश्वास लिइएको छ।
सम्पर्कका लागि सरस्वती महरा (अध्यक्ष): ९८४१६५६८५१करुणा चन्द (सचिव): ९८४२१८१५७१ यी नम्बरबाट जानकारी लिन सक्नुहुनेछ ।