बैतडी, ६ जेठ / बैतडीमा एक शिशुको शव सडेको अवस्थामा फेला परेको छ । जिल्लाको मेलौली नगरपालिका–१ बसपार्क नजिकै सडेको अवस्थामा अन्दाजी ६/७ महिनाको शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए । उक्त शवको कम्मरमाथि भाग नरहेको उनले बताए ।
उनले भने ‘कम्मरमाथि भाग नभएको ६/७ महिनाको जस्तो देखिने शिशुको शव सडेको अवस्थामा फेला परेको छ । घटनास्थलमा प्रहरी टोली खटिएको छ । घटनाको अनुसन्धानपछि थप विवरण आउँछ ।’ सोमबार अपराह्न ४ बजेतिर शिशुको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको कसको हो भन्ने कुरा पहिचान हुन सकेको छैन् । घटनाका बिषयमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको प्रहरी निरीक्षक बडूले बताए ।
शव भेटिएको ठाउँमा पहिला चिहान पनि भएकाले कसैको गाडेको शव हो कि भन्ने आशंका समेत गरिएको छ ।